१७ फागुुन २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले विमानस्थलको भीआइपी कक्षमा प्रवेश नपाएपछि आक्रोशित बनेका छन्।
शनिबार (आज) बिहान धनगढी विमानस्थलको भीआइपी कक्षमा नेता रावललाई प्रवेश नदिइएपछि पूर्व-उपप्रधान, गृह तथा रक्षामन्त्रीसमेत रहेका नेता रावल आक्रोशित बनेका हुन्।
राष्टिपतिको सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले नेता रावललाई भीआइपी कक्षमा जान रोक लगाएका थिए।
“विशिष्ठ कक्ष प्रयोग गर्दैमा ठूलो सानो हुने भन्ने होइन। तर पूर्व जानकारी नदिइ किन त्यसो गरियो भन्नेमा आश्चर्य लागेको छ।” नेकपा सुदूरपश्चिमका इन्चार्जसमेत रहेका नेता रावलले भने, ‘क–कसले विशिष्ट कक्ष प्रयोग गर्न पाउँछन् भन्ने नियम छ। सूचीमा म परिनँ भने शुरुमा कार्यान्वयन गर्न मै तयार हुन्छु।’
राष्ट्रप्रमुखको सुरक्षा व्यवस्थाको मर्यादाबारे बुझेकै व्यक्ति भएकाले आफूलाई त्यसबारे कुनै जानकारी नदिइ गरिएको अपमानजक व्यवहारले आफूलाई दुःखी बनाएको उनले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन्।
फाइल तस्वीर