नयाँ दिल्ली हिंसा : मृतकको सङ्ख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते



१७ फागुन २०७६, काठमाडौं

भारतको राजधानी नयाँ दिल्लीमा केही दिनदेखियता भइरहेको हिंसात्मक झडपका कारण शुक्रबार (हिजो)साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै झण्डै तीनसय पचास जना घाइते भएका स्वास्थ्यकर्मीहरुले जनाएका छन्।

हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ।

हालसम्म ४२ जनाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।

विवादास्पद नागरिकता कानूनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यस क्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्