‘सबैको बिहे भएपछि म बिहे गर्छु’ : बर्षा सिवाकोटी



१८ फागुन २०७६, काठमाडौँ

बर्षा सिवाकोटी पछिल्लो समयकी चर्चित नायिका हुन् । उनको हातमा एकपछि अर्को राम्रो प्रोजेक्ट आइरहेका छन् । त्यसबाहेक बेला बेलामा उनी प्रेमका कारण पनि चर्चामा आउने गरेकी छिन् ।

कहिले निर्देशक मिलन चाम्सँग नाम जोडिएका कारण त कहिले अमेरिका प्रेमीलाई भेट्न गएको अपवाहका कारण उनको चर्चा भैरहेको हुन्छ ।

यस्तै उनी शुक्रबार नायिका प्रियंका कार्कीको विवाहको रिसेप्सन पार्टीमा सहभागी भएकी थिइन् । त्यहाँ बर्षालाई तपाईको बिहे कहिले ? भनेर प्रश्न गरिएको थियो । जहाँ बर्षाले सबैको पालो सकिएपछि आफूले बिहे गर्ने जवाफ दिइन् ।

उनले आफू इन्डष्ट्रिको कान्छि नायिका भएका कारण पनि अहिले नै विवाह गर्न हतार नभएको बताइन् । उनी पहिले सबैको विवाहमा सहभागी भएर आफ्नो विवाह गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्