१८ फागुन २०७६, काठमाडौँ
श्रद्धा कपुर र टाइगर श्राफ बच्चादेखिका साथी हुन् । उनीहरुले एउटै स्कुलबाट आफ्नो स्कुलसम्मको अध्ययन पुरा गरेका थिए । दुवैले एकसाथ चलचित्र बागी मा काम गरिसकेका छन् । चलचित्रमा दुईको केमेष्ट्रिलाई दर्शकले औधी रुचाएका छन् ।
अहिले श्रद्धा र टाइगर चलचित्र बागी ३ को प्रमोशनमा व्यस्त छन् । बागी ३ यहि फागुन २३ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रमोशनको क्रममा टाइगरले नयाँ कुराको खुलासा गरेका छन् ।
टाइगरले स्कुल पढ्दा आफूले श्रद्धालाई असाध्यै मन पराउने गरेको खुलाएका छन् । तर उनले आफ्नो मनको कुरा कहिल्यै पनि श्रद्धालाई भनेनन् । उनलाई आफ्नो मनको कुरा भन्न डर लाग्थ्यो ।
जसको कारण उनी टाढैबाट श्रद्धालाई हेरिरहन्थे । तर कुरा श्रद्धालाई भने थाहा थिएन । श्रद्धाले टाइगरले आफूलाई मन पराउने थाहा भएको भए आफूले पनि पक्कै केही गर्ने बताइन् । तर अहिले पनि यी दुई एकअर्काका मिल्ने साथी भने हुन् ।