१८ फागुन २०७६, काठमाडौँ
नेपाली सिनेवृतमा कलाकारको ब्रेकअप र प्रेमको चर्चा चलिरहन्छ । यस्तै केहीसमय देखि चलचित्र क्षेत्रमा नायिका निता ढुङ्गाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीको प्रेमको चर्चा चलिरहेको छ ।
केहीसमय अघि निताले फेसबुकमा हरिहरको जन्मदिनको शुभकामना दिदैँ हरिहर आफ्नो राम्रो साथी भएको बताएकी थिइन् । यस्तै स्वर्णिम फिल्म फेस्टिभलको समयमा यी दुई निकै नजिक देखिएका थिए ।
हरिहरले निताको चिना समेत हेरिसकेका छन् । उनले निताको घरमा गएर आफूले चिया समेत खाएको बताएका छन् । नितालाई उनको भाईको माध्यमबाट आफूले चिनेको हरिहरले बताएका थिए ।
केहीसमय अघि निताले बेहुली भएको तस्बिर साझेदार गर्दै आफूलाई कसैको बेहुली हुन रहर लागेको समेत बताएकी थिइन् । हुन त दुवैका अहिलेसम्म एकसाथ बसेको एउटा पनि तस्बिर सार्वजनिक भएको छैन र यसबारे दुवैले केहीपनि बताएका छैनन् । तर उनीहरु प्रेममा भएको भने अनुमान लगाइएको छ ।
त्यतिमात्र नभएर अर्को बर्ष यी दुईले विवाह गर्न लागेको खबर समेत बाहिर आइरहेका छ । यी दुईको परिवारबिच सहमति भैसकेको गोप्य स्रोतले जनाएको छ । तर यो खबर कत्तिको सत्य हो त्यो भने यी दुईले भनेपछि मात्र थाहा हुन्छ ।