‘तत्काल विवाहबारे केही सोच बनाएकी छैन’ : नम्रता श्रेष्ठ



१८ फागुन २०७६, काठमाडौँ

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले गत शुक्रबार धुमधामसँग विवाह गरे । उनीहरुले विवाहको दिन नै राजधानीमा रिसेप्सन पार्टीको आयोजना गरेका  थिए ।

आयुष्मान र प्रियंकाको रिसेप्सनमा कलाकारको बाक्लो उपस्थिति रहेको थियो । यस्तै नायिका नम्रता श्रेष्ठ पनि प्रियंकाको रिसेप्सनमा पुगेकी थिइन् । नम्रता केहीसमय देखि प्रेममा छिन् । तर उनले विवाहको तत्काल केही योजना नबनाएको स्पष्ट पारिन् ।

नम्रतालाई पनि विवाहको प्रश्न प्राय गरिने गरिन्छ । नम्रताले विवाहको बारेमा अहिले केही नसोचेको बताइन् । उनले विवाह गर्ने सोच बनाए पक्कै पनि सबैलाई जानकारी दिने समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्