१८ फागुन २०७६, काठमाडौँ
नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले गत शुक्रबार विवाह गरे । उनीहरुले त्यहि दिन नै आफ्ना नजिकका फिल्मकर्मीको लागि रिसेप्सन पार्टी राखेका थिए ।
पार्टीमा नायिका केकी अधिकारी पनि उपस्थित थिइन् । केकी र प्रियंका एकअर्काका निकै मिल्ने साथी हुन् । उनीहरुले कोहलपुर एक्सप्रेश, मेरो बेष्ट फ्रेण्ड, नाइ नभन्नु ल ५, हाउ फन्नी लगायतका चलचित्रमा एकसाथ काम गरेका छन् ।
यी दुईले सधैँ एकअर्काको निकै प्रशंसा गर्ने गरेका छन् । यस्तै केकीले सामाजिक सञ्जालमा प्रियंका र उनको तस्बिर सेयर गर्दै प्रियंकालाई वैवाहिक जीवनको शुभकामना दिदैँ उनको प्रशंसा पनि गरेकी छिन् ।
उनले प्रियंका निकै मेहेनती व्यक्ति भएको बताइन् । साथै उनले प्रियंकाले सबै नारीलाई काम गर्न आँट दिएको पनि बताइन् ।
प्रियंका बन्न चाहने हरेक महिलाको लागि उनी एक प्रेरणा तथा उदाहरण बनेको अभिनेत्री केकी अधिकारीको भनाई छ । ‘तिम्रो जिन्दगी अझै अर्थपूर्ण हुँदै जाओस् । तिमीलाई मेरो सधैं तिमी जस्तै उज्यालो, उर्जाशील शुभकामना । तिमीले खुशी होइन, खुशीले तिमीलाई सधैं पाइराखोस्,’ उनले आफ्नो शब्दलाई बिट मार्दै ‘उहीँ तिम्री भुन्टी केकु’ भनेर लेखेकी छन् ।
प्रियंकाको स्टाटस जस्ताको तस्तै-