१८ फागुन २०७६, काठमाडौं
समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन्।
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गरिएको दृश्यलाई आफ्नो आधिकारिक ट्वीटरबाट रिट्वीट गर्दै अध्यक्ष भट्टराईले लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्ने उल्लेख गरेका हुन्।
⇒ नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार [भिडियो सहित]
⇒ ‘वर्ग संघर्षको कुरा गरेको चित्तै बुझेन, जुत्ता हान्दिएँ’
“आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं। लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छ तर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनुपर्छ!” भट्टराईले उल्लेख गरेका छन्।