१८ फागुन २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको २०७६ फागुन १६ गते शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको चौथो पूर्ण बैठकले प्रदेशको प्रचार तथा प्रकाशन विभाग जिम्मेवारी टुङ्गयाएको छ ।
अघिल्लो बैठकबाटै प्रमुखमा सागर नेपाल र उप–प्रमुखमा बाबुराम खरेलले जिम्मेवारी पाएका थिए भने २५ सदस्यीय विभागमा काभ्रेपलाञ्चोकबाट १ जना थपिने गरी २४ सदस्यीय विभागको टुङ्गो लगाएको छ ।
नेकपा बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागमा जिम्मेवारी प्राप्त व्यक्तिहरुको नामावली :
प्रमुख : सागर नेपाल, काठमाडौं
उप–प्रमख : बाबुराम खरेल, चितवन
सदस्यहरु,
ध्रुव प्रसाद घिमिरे, काठमाडौं
आनन्द पुन, भक्तपुर
उज्ज्वल चौलागाईं, मकवानपुर
कल्पना विसुराल, काठमाडौं
कालिका खडका, काठमाडौं
कृष्णहरि घिमिरे, सिन्धुली
ग्याम्जो लामा, काभ्रेपलाञ्चोक
गायत्री खतिवडा, धादिङ्ग
चिरञ्जवी मास्के, दोलखा
देबचन्द्र भट्ट, नुवाकोट
दयाराम आचार्य, रसुवा
विश्वमणी सुवेदी, काठमाडौं
माधव घिमिरे, सिन्धुली
मिनकुमार शिवाकोटी, दोलखा
मैंया विष्ट, मकवानपुर
रामकृष्ण थापा, सिन्धुपाल्चोक
रामचन्द्र नेपाल, सिन्धुपाल्चोक
लक्ष्मी बस्नेत, काठमाडौं
संजय देवकोटा, धादिङ
सुरोजजंग पाण्डे, काठमाडौं
सोम शर्मा बजगाई, भक्तपुर
शालिकराम नेपाल, चितवन
नेकपाले संचालन गर्न लागेको तीन महिने ‘पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान’को तयारी बैठक फागुन २२ देखि १३ वटै जिल्लामा सुरु हुने भएकोले अभियान प्रचारको लागि विभागमा जिम्मेवारी प्राप्त सदस्यहरुलाई केही दिन भित्रै सपथ खुवाईने प्रदेश कार्यालय स्रोतले बताएको छ ।