रतन तिरुवा कुनै शहीद परिवारका सदस्य होइनन् : नेकपा जुम्ला



१८ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ताले हानिएको घटनाप्रति नेकपा जिल्ला कमिटी जुम्लाले भर्त्सना गरेको छ।

आइतबार (आज) भरत मोहन अधिकारीको स्मृती सभालाई सम्बोधन गर्न राजधानीस्थित राष्ट्रिय सभा गृह पुगेका अध्यक्ष प्रचण्डलाई लक्षित गरी रतन तिरुवाले जुत्ताले हानेका घटनालाई भर्त्सना गर्दै रतन कुनै शहीद परिवारका सदस्य नभएको नेकपा जुम्लाले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको हो।

“जति निन्दा गरे पनि नपुग्ने उक्त अराजनैतिक उद्दण्ड, आतंककारी कार्यमा संलग्न जुम्ला जिल्ला सिंजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने कुनै व्यक्ति शहीद परिवार र हाम्रो पार्टीको समर्थकसम्म नभएको उक्त व्यक्ति विप्लव समूहको गतिविधिमा रहेको जानकारी गर्दछु।” नेकपा जिल्ला कमिटी जुम्लाका अध्यक्ष विर बहादुर कुँवरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

यस्तै विज्ञप्तिमा आजसम्म भएका उपलब्धि र परिवर्तन अध्यक्ष प्रचण्डको नेतृत्व र सही निर्णयबाट मात्रै सम्भव भएको उल्लेख गरिएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्