१९ फागुन २०७६, काठमाडौँ
चलचित्र कृ लाई निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेल नयाँ चलचित्रको तयारीमा जुटिरहेका छन् । गोप्य स्रोतले बताए अनुसार चलचित्रको नाम बेज्जो राखिएको छ । तर यसबारे निर्देशकले भने केही जानकारी दिएका छैनन् ।
तर प्राप्त जानकारी अनुसार चलचित्रमा नायिका अदिती बुढाथोकी र पछिल्लो समयका लोकप्रिय गायक नितेशजंग कुवंर फाइनल भैसकेका छन् । अदितीले कृ पछि कुनै चलचित्र साइन गरेकी छैनन् ।
अदिती फिल्मको घोषणा कार्यक्रममा सहभागी हुन् र छायांकनका लागि मुम्बईबाट नेपाल ओर्लिसकेकी छन् । अहिले उनी र नितेश फिल्मको वर्कसपमा व्यस्त रहेको जानकारी प्राप्त छ । फिल्मको घोषणा लगत्तै गायक नितेश कन्सर्टका लागि अष्ट्रेलिया उड्दैछन् । उनी फागुन अन्तिमसम्म उतै हुनेछ । उनी अष्ट्रेलियाबाट फर्किएपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ ।