समकक्षी मोदीद्वारा ओलीलाई सफल शल्यक्रियाको कामना



१९ फागुन २०७६, काठमाडौं

भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन्।

सोमबार (आज) बिहान एक ट्वीट गर्दै मोदीले ओलीलाई सफल शल्यक्रियासँगै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

“मेरो मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भगवान् पशुपतिनाथले तपाईंलाई सँधै सु–स्वास्थ्य, खुशी र दीर्घायुको आशीर्वाद दिऊन्। भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईँको निरन्तर योगदान रहन्छ भन्ने विश्वास गरेको छु।” मोदीले ट्वीटमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला पत्यारोपण बुधबार (पर्सि) त्रिवि शिक्षण अस्पतालमा हुँदै छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्