१९ फागुन २०७६, काठमाडौँ
अभिनेत्री स्वेता खड्का अब अभिनेत्रीको रुपमा मात्र नभएर समाजसेवीको रुपमा परिचित भैसकेकी छिन् । अझ पछिल्लो केही बर्षदेखि त उनले अभिनयमा भन्दापनि समाजसेवामा लागिपरेकी छिन् ।
उनले भूकम्प गएपछि माझी बस्ती बनाइदिइन् । यस्तै बेला बेलामा च्यारिटिमा पनि लगानी गरिरहेकी हुन्छिन् । उनले बिजनेश पनि सम्हालिरहेकी छिन् । यस्तै अब भने स्वेताले नयाँ प्रोजेक्ट अगाडी बढाएकी छिन् । उनले अब क्यान्सर अस्पताल बनाउन सहयोग गर्ने भएकी छिन् ।
स्वेताले श्रीकृष्णको सम्झनामा पनि यो अस्पताल बनाउनको लागि आफूले सहयोग गर्न चाहेको बताइन् । उनले क्यान्सर रोगका कारण धेरै नेपालीले ज्यान गुमाउनु परेकोले यो हस्पिटल बनाउन लागेको बताइन् ।
उनले यो हस्पिटल राम्रो बनाउने प्रयास गर्ने बताइन् । अहिले सबैले स्वेताले गरेको कामको तारिफ गरिरहेका छन् । उनले श्रीलाई पनि यहि रोगका कारण गुमाएकी थिइन् । जसका कारण पनि स्वेताले यो हस्पिटल बनाउन सहयोग गरेकी हुन् ।