१९ फागुन २०७६, काठमाडौँ
अभिनेता पल शाह यतिबेला चलचित्र म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त छन् । म यस्तो गीत गाउँछु २ फागुन ३० गतेबाट प्रदर्शनमा आउँदै छ । चलचित्रमा दोस्रो पटक पल र पूजा देखिदैँछन् ।
यस्तै उनी अविवाहित भएकाले उनलाई विवाहबारे अक्सर प्रश्न गर्ने गरिन्छ । यसबारे पलले आफू नेपाली संस्कृति अनुसार नै विवाह गर्ने तर्क दिएका छन् । आजभोली भारतीय संस्कार अनुसार विवाह गर्ने प्रचलन चलेको छ ।
तर पल भने यो संस्कारलाई मन पराउँदैनन् । जसका कारण उनी नेपाली संस्कृति अनुसार नै विवाह गर्न चाहन्छन् ।