२० फागुन २०७६, काठमाडौँ
नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले गत शुक्रबार धुमधामसँग विवाह गरे । उनीहरुको विवाह भारतीय संस्कार अनुसार भएको अनुमान धेरैले लगाइरहँदा नायिका प्रियंका कार्कीले यसबारे स्पष्टिकरण गरेकी छिन् ।
आयुष्मान र प्रियंकाको विवाह भारतीय र नेपाली संस्कार अनुसार भएको उनले बताइन् । वास्तवमा प्रियंकाकी आमा रक्षा मल्होत्रा भारतीय हुन् । प्रियंकाको मामाघर हरियाणामा छन् । उनकी आमा पंजाबी हुन् ।
यस्तै आयुष्मानको पनि आमाको हजुरबुबा भारतीय हुन् । देशराज भन्ने थर पनि त्यहीबाट जोडिन पुगेको हो । त्यसैकारण उनीहरु दुवैले भारतीय संस्कारको पनि सम्मान गर्दै भारतीय र नेपाली संस्कृति अनुसार विवाह गरेका हुन् । प्रियंका र आयुष्मानले भारतीय संस्कार अनुसार नै मेहेन्दी र संगीत सेरोमनी पनि गरेका थिए ।