आक्रोशित हुदैँ साम्राज्ञीले भनिन्, ‘मैले आमा लिएर हिड्दा अरुलाई किन गर्मी’ ?



२० फागुन २०७६, काठमाडौँ

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आजभोली कामको कारणले भन्दापनि व्यक्तिगत जीवनको कारण चर्चामा आउने गर्छिन् ।

यस्तै एक अन्तवार्तामा उनले यसबारे केही बोलेकी छिन् । उनी प्राय जहाँ जादाँपनि आफ्नी आमासँग जाने गर्छिन् । त्यसैले उनलाई यसबारे धेरै प्रश्न गर्ने गरिन्छ ।

यसबारे आक्रोश पोख्दै साम्राज्ञीले मिडियाले आफ्नो स्वार्थको लागि कलाकारको बारेमा नसोच्ने बताइन् । साथै उनले समाचारमा आउने नकरात्मक कुराले आफ्नो निजी जीवनमा निकै असर परेको बताइन् ।

साथै उनले आफूले आफ्नी आमालाई साथमा लिएर हिड्दा कसैले टाउको दुखाउन आवश्यक नभएको बताएकी छिन् । उनले भनिन्, ‘आफ्नो छोरीले आफ्नो आमालाई लिएर हिँड्दा अरुलाई किन गर्मी रु आर्टिस्ट भएपछि जे गर्दा पनि समस्या हुने रहेछ ।’

प्रतिक्रिया दिनुहोस्