टेनेसीमा आँधी : २४ जनाको मृत्यु



२१ फागुन २०७६, काठमाडौं

अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीका कारण २४ जनाको ज्यान गएको छ।

स्थानीय समयानुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको बुधबार अधिकारीहरुले जनाएका छन्।

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ। आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा धेरै संरचनामा क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन्।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्‍याएको क्षतिबारे बताउँदै भने, “आँधीका कारण यसपटक २४ जनाको मृत्यु भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ।”

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएको र कैयौं व्यक्ति भवन भग्नावशेषमा पुरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्