प्रतिनिधि सभाले गर्‍यो, विशेष प्रस्ताव पारित



२१ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ।

दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबार (आज)को बैठकले विशेष प्रस्ताव पारित गरेको हो।

बैठकले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामना समेत गरेको छ।

गत सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको बुधबार (आज) शल्यक्रिया भइरहेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्