राष्ट्रिय सभाका निर्वाचित यी सांसदले लिए शपथ [नामावली सहित]



२१ फागुन २०७६, काठमाडौं

राष्ट्रिय सभाका १८ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आफ्नो दुई वर्षे कार्यकाल सकेर १९ जना सांसदहरु बाहिरिएसँगै बुधबार (आज) १८ जना सांसदले शपथ ग्रहण गरेका हुन्।

अहिले शपथ लिएका सांसदको कार्यकाल ६ वर्षको हुनेछ। गत ९ माघमा निर्वाचित भएका १८ सांसदले शपथ लिएका हुन्।

राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भने टुंगो लागेको छैन। राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडाको दुई वर्षे कार्यकाल मंगलबार सकिएको थियो।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

१८ जना नयाँ सांसदमा सत्तारुढ नेकपाका १६ र राजपाका २ जना छन्।

शपथ लिएका सांसदहरुः

⇒ वेदुराम भुसाल

⇒ शेखरकुमार सिंह

⇒ मृगेन्द्रकुमार सिंह यादव

⇒ गंगाकुमारी बेल्बासे

⇒ इन्दिरादेवी गौतम

⇒ गोपीबहादुर सार्की अच्छामी

⇒ देवेन्द्र दाहाल

⇒ तुलसाकुमारी दाहाल

⇒ राधेश्याम पासवान

⇒ नारायणकाजी श्रेष्ठ

⇒ भगवती न्यौपाने

⇒ गोपाल भट्टराई

⇒ सुमित्रा विसी

⇒ मायाप्रसाद शर्मा

⇒ शारदादेवी भट्ट

⇒ तारामान स्वाँर

⇒ विमला घिमिरे

⇒ जगप्रसाद शर्मा

प्रतिक्रिया दिनुहोस्