तान्जानियाका राष्ट्रपति कोरोना फैलने डरले खुट्टा मिलाउँदै {भिडियो सहित}



२१ फागुन २०७६, एजेन्सी

तान्जानियाका राष्ट्रपतिले मंगलबार एक नेतासँग हात होइन खुट्टा मिलाएका छन् ।

राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्थित सरकारी निवासमा खुट्टा मिलाएका हुन् ।

लामो छलफलपछि यी दुई, पत्रकार सम्मेलनका लागि बाहिर निस्किए । एकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएपछि सबैजना छक्कै परे ।

विश्व स्वास्थ्य संगठनले कसैसँग पनि हात नमिलाउन भनेपछि मानिसहरुले कोरोना भाइरस फैलने डरले एक अर्कालाई अभिवादन गर्न खुट्टा मिलाउन थालेका छन् । यसो गर्न राष्ट्रपति मागुफुली पनि चुकेनन् ।

प्रतिक्रिया दिनुहोस्