प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालको आधिकारिक जानकारी : ‘स्वास्थ्य स्थिर अवस्थामा’



२१ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

बुधबार (आज) प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणपछि अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्यारोपणपछिको ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिएको हो।

अस्पतालका निर्देशक प्रा. डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको जानकारी दिइएको छ।

मिर्गौला प्रत्यारोपण टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा प्रेम ज्ञवाली, प्रा. डा. अनन्त कुमारलगायतको सहभागिता रहेको अस्पतालले जनाएको छ।

त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सक टोलीमा प्रा. डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रबिन नेपाली लगायतको टोली सहभागी थियो।

 

प्रतिक्रिया दिनुहोस्