खतिवडाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण



२१ फागुन २०७६, काठमाडौं

डा. युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रिय सभा सदस्यको कार्यकाल मंलगबार सकिएसँगै राजीनामा दिएका खतिवडाले बुधबार (आज) नै अर्थ तथा सञ्चार र सूचना प्रविधिमन्त्रीको रुपमा पुनः नियुक्त भएर पद तथा गोपनीयताको शपथ लिएका हुन्।

अब उनी सांसद नरहेकाले ६ महिनासम्म मन्त्री रहन सक्छन्। ६ महिनापछि मन्त्रीमा निरन्तरताका लागि उनी सांसद बन्नुपर्ने अनिवार्य हुने संवैधानिक व्यवस्था छ।

खतिवडालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेर शपथ खुवाएकी हुन्।

संघीय सांसद नरहेका खतिवडा संविधानको धारा ७८ को उपधारा १ बमोजिम मन्त्री बनेका हुन्।

उक्त धारामा प्रधानमन्त्रीले संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्तिका लागि सिफारिस गर्न सक्‍ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्