महिलाको पिसाबबाट रक्सी बगेपछि…..



२२ फागुन २०७६, काठमाडौं

अमेरिकामा एक महिलाको शरीरमा पिसाब फेर्दा रक्सी निस्किएको छ । उपचारमा सम्लग्न चिकित्सक महिलाको यस प्रकारको रिपोर्ट देखेर चकित भए । अहिले ती महिलाको उपचार भइरहको छ । अमेरिकाको पिटस्बर्ग युनिभर्सिटी मेडिकल सेन्टरमा ६१ वर्षीया महिला लामो समयदेखि सिरोसिस र मधुमेय रोगबाट पीडित थिइन् ।

उनको पिसाबमा रक्सी आएपछि अस्पताल भर्ना गरिएको हाे । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार चिकित्सा विज्ञानमा यो अहिलेसम्मको पहिलो रअाश्चर्य लाग्दाे केस हो । उनीहरुले यस रोगलाई अटो–ब्रेवरी सिन्ड्रोम भन्ने नाम दिएका छन् । ती महिला आफ्नो कलेजो ट्रान्स्प्लान्ट गर्न आएकी थिइन् ।

कुनै दाता नभेटिएपछि उनले ट्रान्स्प्लान्ट गर्न सकेकी थिइनन् । कलेजो ट्रान्स्प्लान्ट गर्न ढिलाई हुँदा उनको पिसाब रक्सीमा परिणत भएको चिकित्सकहरुको तर्क छ । ती महिलाको अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्