‘आँचल र म आँप जोडी थियौँ, छौँ र सधैँ रहनेछौँ’ : पल शाह



२२ फागुन २०७६, काठमाडौँ

आँचल शर्मा र पल शाहको जोडी नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय रहेको छ । उनीहरुलाई सबैले आँप जोडी भनेर चिन्ने गरेका छन् । उनीहरुले एकसाथ थुप्रै म्यूजिक भिडियो र केही चलचित्रमा काम गरेका छन् ।

यी दुईको जोडी दर्शकमाझ यति लोकप्रिय छ कि दर्शकले उनीहरुलाई रियल लाइफ कपल भएको हेर्न चाहन्थे । तर आँचलले केहीसमय अघि नै आफ्नो प्रेमी सार्वजनिक गरिन् र उनले प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट समेत गरिसकेकी छिन् । उनीहरु यहि फागुन २९ गते विवाह गर्दैछन् ।

आँचलले अब उदिपसँग विवाह गर्ने भएपछि आँप जोडीलाई रुचाउने दर्शकले सायद अब आँप जोडी सँगै नदेखिने हुन् कि भनेर चिन्ता व्यक्त गरिरहेका छन् । यसैबिच पलले आँप जोडि सधैँ रहने बताएका छन् ।

पल र आँचलले सधैँ नै आफूहरु एकअर्काको मिल्ने साथी भएको बताउँदै आएका थिए । आँचलले पनि पल आफ्नो राम्रो साथी सधैँ नै रहने बताएकी छिन् र आगामी दिनमा एकअर्कासँग काम गर्ने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्