२२ फागुन २०७६, काठमाडौं
अनेरास्ववियूका संयोजक ऐन महरले हात नमिलाउन र अँगालो नमार्न सबैमा अनुरोध गरेका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्व आतंकित बनेपछि त्यसबाट जोगिनका लागि महरले यस्तो आग्रह गरेका हुन्।
“आजबाट हात नमिलाऔं। कमरेडहरुलाई लालसलाम गरौं। अरुलाई नमस्कार गरौं।” उनले आफ्नो फेसबूकमा लेखेका छन्।
यस्तै उनले नेपाली पूर्खाको ‘नमस्कार’ र मार्क्सले प्रचलनमा ल्याएको ‘लालसलाम’ अत्यन्तै दरगामी संस्कार रहेको उल्लेख गरेका छन्।
यस्तै महरले भेट्दा हात मिलाउने र अँगालो मार्ने प्रचलन पूंजीवादीहरुको संस्कार रहेको भन्दै उक्त प्रचलन स्वास्थ्यका लागिसमेत घातक हुने बताएका छन्।
“यो पूंजीवादी प्रचलनमा ल्याएको हात मिलाउने र अँगालो हाल्ने प्रचलन वास्तवमा स्वास्थ्यका लागि हानिकारक छन। पूंजीवाद र पूंजीवादी प्रचलन समाज ,देश र स्वास्थ्यका लागि हानिकारक छन।” उनले उल्लेख गरेका छन्, ‘त्यसैले पूंजीवादी प्रचलनलाई त्यागौं। हाम्रा पुर्खाको संस्कार र मार्क्सवादी प्रचलनलाई आत्मसाथ गरौं कोरोना भाइरसबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं।’