२२ फागुन २०७६, काठमाडौँ
श्रद्धा कपुर बलिउडकी चर्चित नायिका हुन् । उनलाई एकपछि अर्को राम्रो चलचित्रबाट अफर आइरहेका छन् । श्रद्धा यतिबेला चलचित्र बागी ३ को प्रमोशनमा व्यस्त छिन् । बागी ३ यहि शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।
चलचित्र बागी ३ को प्रमोशनको क्रममा श्रद्धाका जीवनका केही कुराहरु बाहिर आएका छन् । श्रद्धा सानैबाट अभिनय गर्न चाहन्थिन् । उनलाई नायिका बन्ने रहर बच्चैदेखि नै थियो । घरमा छदाँ उनी विभिन्न बलिउड कलाकारको क्यारिकेचर गर्दै बस्थिन् ।
वरुण धवन श्रद्धाका सानैदेखिका साथी हुन् । यी दुई सानोमा एकसाथ अभिनय र नृत्य सिक्ने गर्थे ।
१६ वर्षको उमेरमा श्रद्धालाई फिल्म ‘तीन पत्ती’अभिनयको अफर आएको थियो । त्यस अगाडि स्कुलको एक नाटकमा श्रद्धाको प्रस्तुति देखेर अभिनेता सलमान खानले उनलाई अभिनय अफर गरेका थिए । सो समय श्रद्धाको मनोविद् बन्ने उद्देश्य थियो । त्यसैले उनले उक्त अफिनय अफर रिजेक्ट गरेकी थिइन् ।