संसद बैठकमै सांसदहरुबीच कुटाकुट



२२ फागुन २०७६, काठमाडौं

टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरुबीच कुटाकुट भएको छ।

एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो। प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौं सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए।

झगडाको क्रममा केही सांसदले त कुर्सीमाथि टेकेर मुड्की प्रहार गरेका थिए। केहीले भने रोक्ने प्रयास गरेका थिए। राष्ट्रपतिको आलोचना गर्ने सांसद एन्जिन ओजकोक रिपब्लिक पिपल्स पार्टीका प्रतिनिधि हुन्।

जसले राष्ट्रपति एर्दोगनलाई सिरियाको इडलिबमा गत साता मारिएका सिपाहीको अपमान गरेको भन्दै पत्रकार सम्मेलन समेत गरेका थिए। उनले राष्ट्रपतिविरुद्ध लड्न टिर्कस जनताका छोराछोरीलाई पठाइदिन समेत आग्रह गर्दै संसद बैठकमा कडा आलोचना गरेका थिए।

संसदका प्रवक्ता मुस्तफा सेन्तोपले ती सांसदको अभिव्यक्तिलाई रोकेका थिए। टर्कीले सन् २०१८ मा रुससँग सम्झौता गरे अनुरुप सिरियाली फौजलाई सहयोग गर्दैआएको छ।

प्रतिपक्षी दलले भने सिरियाली युद्धलाई लिएर सरकारको आलोचना गर्दैआएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्