मोदीले पाँच वर्षको विदेश भ्रमणमा खर्च गरे, १५ सय ८८ करोड



२२ फागुन २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो पाँच वर्षमा विदेश भ्रमण गरेर ४४६.५२ करोड रुपैयाँ खर्च गरेका छन्।

विदेश मन्त्रालयले लोक सभामा उक्त तथ्यांक पेश गरेको हो। लोक सभामा सोधिएको एक प्रश्नमा विदेश राज्यमन्त्री बी मुरलीधरनले चार्टर फ्लाइट समेत गरेर भएको खर्च भन्दै पेश गरेका थिए।

आर्थिक वर्ष सन् २०१७–१८मा ९९.९० करोड खर्च मोदीले गरेका थिए। सन् २०१८–१९ मा १००.२ करोड र सन् २०१९–२० मा ४६.२३ करोड भारतीय रुपैयाँ मोदीले वैदेशिक भ्रमणमा खर्च गरेका हुन्।

उनको विमान राख्ने हटलाइन सेवा र अन्य खर्चमा पनि सन् २०१६ मा ४२३.८८ करोड रुपैयाँ खर्च भएको थियो। यस्तै सन् २०१६ मा ३३७.६७, आर्थिक वर्ष सन् २०१७ मा ३४१.७७ करोड र सन् २०१८ मा ४२३.८८ करोड खर्च भएको थियो।

यी शिर्षकमा कुल ११४१.४४ करोड खर्च भएको मन्त्री मुरलीधरनले जानकारी दिएका छन्। मोदीको भ्रमणलाई लिएर विपक्षीहरुले ठूलो धनराशी खर्च गरेको भन्दै आलोचना गरेका थिए।

तत्कालीन समयमै भारतीय कम्युनिष्ट पार्टीका सांसद विनय विश्वमले लोक सभामा प्रधानमन्त्रीको भ्रमणको खर्च र त्यसमा सहभागी टोलीको बारेमा विस्तृत विवरण माग गरेका थिए।

तर तत्कालीन विदेश राज्यमन्त्री बिके सिंहले जानकारी दिन अस्वीकार गरेका थिए। तर दोस्रो कार्यकालमा मोदीको पहिलो कार्यकालको विदेश भ्रमणसहितको खर्च सार्वजनिक गरिएको हो। एजेन्सी

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्