‘कोरोना भाइरस’ को त्रास बढ्दो : फिल्मको छायांकन रोक्न निर्माता संघको आग्रह



२३ फागुन २०७६, काठमाडौँ

पछिल्लो समयमा कोरोना भाइरस का कारण पुरा विश्व नै क्रासमा छ । यसको संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले मानिसलाई हिडडुल गर्न नै गाह्रो भैसकेका छ । हालसम्म कोरोना भाइरस विश्वका ७० भन्दा बढी देशमा फैलिसकेका छ ।

कोरोना भाइरस को प्रत्यक्ष असर फिल्म क्षेत्रलाई पनि परेको छ । अझ ठूला ठूला देशमा त हल धमाधम बन्द हुने क्रममा छन् । यस्तै धेरै हलिउड सिनेमाहरुले चलचित्रको छायांकन रोकिरहेका छन् ।

नेपालमा पनि अब कोरोनाको त्रासको कारण चलचित्र छायांकन स्थगित हुने देखिएको छ ।

हल सञ्चालकहरु हल नै बन्द गर्ने वा विशेष सावधानी अपनाउने भन्ने विषयमा छलफल गरिरहेका छन् । यसबीच, नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण फिल्मको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्