२३ फागुन २०७६, काठमाडौँ
बलिउड नायिका जान्वी कपुर २३ बर्ष पुरा भएकी छिन् । उनको जन्मदिनको शुभकामना दिदैँ अभिनेता अर्जुन कपुर जो जान्वीका दाई पनि हुन्, उनले जान्वीसँग आफू सधैँ रहने बताएका छन् ।
उनले जान्वी र खुसीले सानै उमेरमा आमालाई गुमाउँदा उनीहरुलाई कस्तो महशुस भएको आफू बुझ्न सक्ने बताए ।
उनले श्रीदेवीको निधन भएको समयमा जान्वी र खुसी निकै टुटेकाले त्यसबेला आफू उनीहरुको साथमा रहनु आवश्यक भएको समेत बताए । यस्तै अर्जुनले सधैँ नै आफू जान्वी र खुसीलाई साथ दिइरहने पनि बताए ।