भारतको निष्कर्ष : ओली सरकार गठनपछि राम्रो काम



२३ फागुन २०७६, काठमाडौं

भारतले केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा भएको बताएको छ।

शुक्रबार (आज) नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ऊर्जा, जलश्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन ‘अनन्त’लाई वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भारतीय निष्कर्ष सुनाएका हुन्।

विशेषगरी: लामो समय अलपत्र अवस्थामा रहेको अरुण तेश्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुशी व्यक्त गरेका थिए।

मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ।

यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जनले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत व्यापारका लागि बाटो खुलेको थियो।

यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोश्रो अन्तरदेशी प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्