कोरोना सन्त्रास : नारी दिवसका सबै कार्यक्रम स्थगित



२३ फागुन २०७६, काठमाडौं

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नारी दिवसका सबै कार्यक्रम स्थगित गर्ने जानकारी दिएको छ।

शुक्रबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै हाल विश्वव्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) का कारण नारी दिवस (८ मार्च)मा गरिने सबै कार्यक्रम स्थगित गर्नुपरेको जानकारी मन्त्रालयले दिएको हो।

बृहत भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रमहरु नगर्ने मन्त्रिपरिषद् बैठकको गत २० फागुनमा गरेको निर्णय अनुसार नारी दिवसको औपचारिक कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरिएको मन्त्री पार्वत गुरुङले बताए।

यो वर्षको नारी दिवसको नारा ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ तय गरिएको थियो।

नेपालमा पनि मार्च ८ का दिन विशेष कार्यक्रम गरी नारी दिवस मनाउने गरिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्