२४ फागुन २०७६, काठमाडौँ
मिस वर्ल्ड २०१९ टोनी एन सिंह यतिबेला नेपाल भ्रमण गरिरहेकी छिन् । टोनी पहिलो पटक नेपाल आएकी हुन् । यतिबेला उनी हेलम्बु भ्रमणमा छिन् ।
शुक्रबार उनी हेलम्बुमा निर्माणाधिन हिमालय ग्रेट ट्रोलको अवलोकन गर्न उनी हेलम्बु पुगेकी छिन् ।
हेलम्बुमा उनलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले स्वागत गरेका थिए ।
हेलम्बुका बासिन्दाले टोनीलाई निकै राम्रोसँग स्वागत गरेका थिए । यस्तै टोनीले नेपाल आफूलाई आफ्नै घरजस्तो लागेको बताइन् ।
उनले यहाँका मानिसले आफूलाई दिएको सम्मान देखेर यहाँ काम गर्न अझै उत्साहित रहेको पनि बताइन् । उनले नेपाल भ्रमण गर्न पाउँदा आफू साह्रै खुसी भएको तर्क व्यक्त गरिन् ।