साराले यस्तो तस्बिर सेयर गरेपछि फ्यानले भने, ‘भाइसँग यस्तो तस्बिर खिच्न लाज लाग्दैन’ ?



२४ फागुन २०७६, काठमाडौँ

पछिल्लो समयकी चर्चित बलिउड नायिका साराअली खान विवादमा परेकी छिन् । हाल छुट्टी मनाउन माल्दिभ्स पुगेकी साराले सामाजिक सञ्जालमा आफ्नो बोल्ड तस्बिर सेयर गरिरहेकी छिन् ।

यस्तै उनले एक तस्बिर आफ्नो भाइसँगको पनि सेयर गरेकी छिन् । उनले भाइलाई जन्मदिनको शुभकामना दिदैँ भाइसँगको तस्बिर सेयर गरेकी छिन् । जहाँ उनले विकिनी लगाएकी छिन् ।

उक्त तस्बिरका कारण अहिले साराले निकै आलोचना खेपिरहनु परेको छ । उनका धेरै फ्यानले भाइको जन्मदिनमा अरु नै तस्बिर हालेको भए राम्रो हुने प्रतिक्रिया दिइरहेका छन् । यस्तै कति फ्यानले भने भाइरसँग यस्तो तस्बिर खिचाउन लाज लाग्दैन ? समेत भनेका छन् । तर साराले यसबारे कुनै प्रतिक्रया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्