प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै चिनियाँ राष्ट्रपतिले पठाए सन्देश



२४ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका छन्।

गत बुधबार मिर्गौला प्रत्यारोपण गरेर अहिले आराम गरिरहेका ओलीलाई राष्ट्रपति सीले सन्देश पठाउँदै व्यक्तिगत र चिनियाँ जनताको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सीले शनिबार उक्त सन्देश पठाएका हुन्।

प्रधानमन्त्री ओलीसँग दुई देश र दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध सुमधुर बनाउन चाहेको चिनफिङको सन्देशमा लेखिएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्