स्वेता खड्का भन्छिन्, ‘मेरो कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ’



२४ फागुन २०७६, काठमाडौँ

स्वेता खड्का पछिल्लो समयमा सामाजिक कार्यहरुमा बढी सक्रिय छिन् । उनले २०७२ सालको भूकम्पले तहसनहस भएको माझी बस्तीलाई फेरि सरकारको सहयोग बनाउन सहयोग गरिन् ।

उनले आफ्नै व्यवसाय पनि चलाइरहेकी छिन् । यस्तै उनी चलचित्रमा पनि सक्रिय छिन् । यसरी हेर्दा उनले सामाजिक कार्य र आफ्नो पेशालाई पनि एकसाथ अगाडी बढाइरहेकी छिन् । उनी सामाजिक कार्य गर्दा आफूलाई खुसी लाग्ने बताउँछिन् ।

अहिले पनि उनी क्यान्सर हस्पिटल बनाउनको लागि सहयोग गरिरहेकी छिन् । स्वेता आफ्नो कारणले अरु कसैको मुहारमा खुसी आउँछ भने त्यसले आफूलाई आनन्दमे महशुस हुने बताउँछिन् । श्रीकृष्ण श्रेष्ठको निधनपछि एक्लै परेकी स्वेतालाई विवाहबारे पनि धेरै प्रश्न गरिने गरिन्छ ।

विवाहबारे पनि स्वेताले हाल केहीपनि योजना नबनाएको बताउँदै आएकी छिन् । उनले अहिले आफू एक्लो जीवन बिताउनमै रमाइरहेको तर्क दिने गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्