‘प्रधानमन्त्रीले हिँड्‍डुल गर्न थाले’



२४ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) देखि हिँड्डुल गर्न थालेका छन्।

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले आजबाट हिँड्‌डुल गर्न र सामान्य खाना खान थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी दिने कामलाई पनि निरन्तरता दिइएको छ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्त्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्