२५ फागुन २०७६, काठमाडौं
पार्टी फुटको अढाई वर्षपछि राप्रपाका दुई समूहबीच एकीकरण भएको छ । राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच चरणबद्ध बैठकपछि पार्टी एकीकरण गर्ने निर्णय भएको हो ।
लाजिम्पाटको लप्सी गार्डेन होटेलमा शनिबार साँझ एकीकरणसम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र र सबै पक्षलाई चित्त बुझ्ने गरी साझा संस्थाका रूपमा राजसंस्था रहनुपर्ने सैद्धान्तिक मान्यतामा पार्टी एकीकरण भएको हो ।
माघ दोस्रो साता एकीकरण गर्ने सहमति भए पनि अन्तिममा रोकिएको थियो । नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ ।