२५ फागुन २०७६, काठमाडौँ
आयुष्मान र प्रियंकाले केहीसमय अघि धुमधामसँग विवाह गरेका थिए । उनीहरुले भव्य रिसेप्सन पार्टी पनि दिएका थिए । विवाह र रिसेप्सनमा आयुष्मान र प्रियंकाको लुक्सले सबैको ध्यान खिचेको थियो ।
उनीहरु विवाह र रिसेप्सन पार्टीमा निकै राम्रा देखिएका थिए । यस्तै आयुष्मान र प्रियंकासँगै आयुष्मानका भाइ पनि निकै राम्रा देखिएका थिए । यतिबेला बजारमा आयुष्मान र प्रियंकासँगै आशिरमानको पनि लुक्सको चर्चा भैरहेको छ ।
आशिरमानले आफ्ना दाई भाउजुको विवाहको हरेक कार्यक्रम मज्जाले इन्जोय गरे । आयुष्मान र प्रियंकाको विवाह नेपाली संस्कारसँगै पञ्जाबी संस्कार अनुसार पनि भएको थियो । पञ्जाबी लुक्समा आशिरमान निकै खुलेका थिए ।