पिता बनेपछि खुसी हुदैँ राजबल्लभले लेखे, ‘तिमीसँगै मेरो पनि नयाँ जन्म भयो’



२५ फागुन २०७६, काठमाडौँ

श्रीमती सहित केहीबर्ष देखि अमेरिकामा बस्दै आएका अभिनेता राजबल्लभ कोइराला केहीसमय अघि पिता बनेका हुन् । उनलाई पुत्री लाभ भएको हो । छोरी जन्मिएपछि राज असाध्यै खुसी छन् ।

उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा उनको र छोरीको तस्बिरसँगै छोरीको जन्मसँगै आफ्नो पनि पिताको रुपमा नयाँ जन्म भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘छोरी, तिमी जन्मेको दिन मै मेरो पनि जन्म भयो, पिता बनेर । तिमीलाई यो संसार जति नौलो लाग्दै छ । मलाई पनि त्यस्तै लाग्दैछ । धेरै कुरा हामीसँगै सिक्दै जानेछौं । तिम्रो आँखाले म पनि संसार हेर्ने र बुझ्ने कोशिश गर्दैछु । तिम्रो आँखामा संसार कति सिम्पल र राम्रो छ है । दुई चार नराम्रो कुरा बिर्सने हो भने संसार वास्तवमै राम्रो छ, र तिम्रो आगमनले यसलाई थप सुन्दर बनाएको छ । म तिमीले सोचेको जस्तै बेस्ट बाबा बन्ने कोशिस गर्छु है १’

राजबल्लभ कोइरालाको पोष्टमा अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्