२५ फागुन २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बागमती प्रदेश अध्यक्ष नारायण दाहालले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
केन्द्रिय कार्यकारी अध्यक्ष प्रचण्डले शुभकामना मन्तव्यमा विश्वभरका महिला दीदीबहिनीहरु मत्र नभई मानव समुदायकै लागि मार्च आठ एउटा ऐतिहासिक दिन भएको र महिलाहरुको हक र अधिकारको साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज वुलन्द गरिएको संर्घषको दिन थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस भन्ने कामना गरेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना
यसैगरी बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्र मोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिमा स्थापित भई त्यही बलिदानी पूर्ण किर्तिमानीले आज हामी संघीय लोकतान्त्रिक व्यवस्थामा आईपुगेको यथार्थ तथ्य जगजाएर छ भन्दै महिला अधिकारको पूर्ण कार्यान्वयनका लागि एक भएर लाग्न सबैमा हौसला मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
बागमती प्रदेश अध्यक्ष नारायण दाहालद्वारा जारी शुभकामना