२५ फागुन २०७६, काठमाडौँ
इन्डोनेशियामा एउटा अनौठो घटना घटेको छ । जसले अहिले पुरा विश्वको नै ध्यान केन्द्रित गरिरहेको छ । भनिन्छ प्रेम गर्नलाई उमेरले छेक्दैन । त्यसैले हामीले १०–२० बर्षको उमेर अन्तरमा पनि विवाह भैरहको देखेका छौँ । तर ७६ बर्षको उमेर अन्तरमा विवाह भएको खबर सुन्दा पक्कै पनि सबैको होस उड्छ ।
इन्डोनेशियाका १०३ बर्षिया वृद्ध पुआंग कट्टेलेले २७ बर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर सामाजिक सञ्जालमा जताततै यी दुईको विवाहको तस्बिर भाइरल हुन थालेपछि यी दुईको विवाहमा अनेकौ प्रश्न उठ्न थालेका छन् ।
धेरैले भने यो विवाह फेक भएको पनि तर्क दिइरहेका छन् । तर इन्डोनेशियन न्युज च्यानलले नै यो विवाह रियल भएको पुष्टि गरिसकेको छ ।