महिला दिवसको शुभकामना दिदैँ मलाइकाले भनिन्, ‘महिलाहरु खुसी छन् किनकी उनीहरु रानी बन्न लायक छन्’



२५ फागुन २०७६, काठमाडौँ

बलिउड आइटम गर्ल मलाइका अरोरा बेला बेलामा सामाजिक सञ्जालमा चर्चामा आइरहेकी हुन्छिन् । हरेक कुरा दिल खोलेर गर्ने बानीका कारण कहिलेकाहि उनी आलोचित समेत हुने गरेकी छिन् ।

आज महिला दिवस भएकाले उनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै सम्पूर्ण महिलालाई महिला दिवसको शुभकामना दिएकी छिन् । उनले हरेक महिलालाई रानी को उपाधी दिएकी छिन् ।

उनको पोष्टमा धेरैले राम्रो कमेन्ट गरेका छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्,महिला खुसी छन् किनकि उनी रानी  बन्न लायक छिन । महिलालाई थाहा छ कि खुसी रहनु उनको इच्छा संगै जिम्मेवारी पनि हो।

’ उनी थप्छिन्, महिला खुसी हुन विवाहित, अविवाहित, स्थापित या संघर्षरतले केहि फरक पर्दैन । आफुले आफुलाई मायाँ गर्ने, बिगत बिर्सेर आत्मसम्मानका साथ जीउने महिला नै वास्तवमा खुसि महिला हुन् । महिला दिवशको सम्पूर्णमा शुभकामना

प्रतिक्रिया दिनुहोस्