२६ फागुन २०७६, काठमाडौं
करिब १५ बर्षअघि लण्डनको ट्वाइकेनहम निवासी लारेन आफ्नो विवाहबाट अत्यन्त खुसि थिइन् ।
उनले आफ्नो प्रेमीसंग विवाह गर्न पाएकी थिइन् । उनको खुसि यति हदसम्म थियो कि हनिमुनमा समेत उनले आमालाई साथै लगिन् । तर लारेनका लागी हनिमुनमा आमा लानु जिन्दगीको सबैभन्दा ठुलो भुल साबित भयो ।
खासमा नवविवाहित लारेनले आमालाई पनि आफु साथै हनीमुनमा लगेकि थिइन् । तर उनलाई आमा साथ लादा आफुलाई हुनसक्ने धोकाको बिषयमा अनुमान समेत थिएन । हनिमुनमा संगै गएकी लारेनकी आमा जुली र उनका पति पल व्हाइट एकआपसमा निकै बोलचाल र हसिमजाक गर्दथे ।
तर लारेनले यस बिषयलाई कहिल्यै गम्भिरतापुर्वक लिइनन् । तर तिनै आमाले आफ्नी छोरीलाई धोका दिदै उनका पति पलसंग पोइला गइन् । खासमा लारेन १९ बर्षकी हुदाँबाटै पल ब्हाइटसंग लिभिङ टुगेदरमा थिइन् । सन् २००४ मा यी दुईको एक सन्तान पनि भएको थियो । त्यसपछि दुबैले विवाह गर्ने सोच बनाए र विवाह गरे पनि ।
उनीहरुको विवाहमा लारेनकी आमा जुलीले करीब २४ लाख रुपैयाँ खर्च गरेकि थिइन् । तर विवाह भएको ८ हप्ता नबित्दै लारेनकी आमाले ज्वाइँ नै भगाइन् ।
लारेन पल आफ्नी आमा जुलीसंग रहदै आएको कुरा सुरुमा पत्याउनै सकिनन् । तर सन् २००५ मा जुलीले एक सन्तानलाई जन्म दिइन् जसका पिता उनको पूर्वपति पल थिए । सन् २००६ मा पल र जुलीले खुलेर विवाह पनि गरे । आफ्नी आमा र पूर्वपतिको विवाहमा लारेन पनि सामेल थिइन् ।
यो घटनाको १३ बर्ष बितिसकेको छ । हालसालै जुलीले चौथो सन्तानलाई जन्म दिएकी छन् । तर लारेन अझै आफ्नी आमाको कर्तुतबाट खुसि छैनन् । हालै उनले यस बिषयमा कानूनी सहायता माग्ने निर्णय गरेकी छन् ।