ठगीको आरोपबारे दुखी हुदैँ अनमोलले लेखे, ‘मेरो चरित्रहत्या गर्न खोजियो’



२६ फागुन २०७६, काठमाडौँ

अभिनेता अनमोल केसीलाई केहीसमय अघि ५ लाख ठगीको आरोप लागेको थियो । वास्तवमा उनले केहीसमय अघि चलचित्र धुपौरे मा अनमोलले काम गर्ने पक्का भएको थियो ।

उनले उक्त चलचित्रको लागि ५ लाख एडभान्स पनि लिएका थिए । पछि उनले चलचित्रको स्क्रिप्ट चित्त नबुझेपछि फिल्मबाट पछि हटे । धुपौरे का निर्माताले नै अनमोलले ५ लाख ठगेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

अनमोल हाल चलचित्र ए मेरो हजुर ४ को लागि काठमाडौँ बाहिर भएकाले उनलाई यसबारे केही थाहा थिएन । तर जब उनले आफूलाई ठगीको आरोप लागेको थाहा पाए उनले सबैलाई यसबारे स्पष्टिकरण दिएका छन् ।

अनमोल यो कुरा थाए पाएर निकै दुखी समेत भएका छन् । किनकी आजसम्म उनले कसैलाई ठगेका छैनन् । उनले चलचित्रको कथा केही परिवर्तन गरेर राम्रो बनाए धुपौरे मा काम गर्ने समेत बताएका थिए । यस्तै अनमोलले सामाजिक सञ्जालमा निकै मनछुने स्टाटस लेख्दै आफ्नो चरित्रमा दाग लागेको समेत बताएका छन् ।

अनमोेलको स्टाटस जस्ताको तस्तै–

म अनमोल केसी । म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र ‘ए मेरो हजुर ४’ सुटिङको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।

करीब ३,४ महिना पहिला ‘धुपौरो’ नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु। ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । ‘धुपौरो’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र रु

तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु । अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ ।

मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त रु मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्