‘सलमान आफ्नो साथी भएकोमा भाग्यमानी ठान्छु’ : कट्रिना कैफ



२६ फागुन २०७६, काठमाडौँ

बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफ सलमान खान आफ्नो साथी भएकोमा आफूलाई निकै भाग्यमानी ठानेको बताउँछिन् । कट्रिनाले एक अन्तवार्तामा यो कुरा बताएकी छिन् ।

कट्रिनाले सलमानसँगै शाहरुख खान, अक्षय कुमार र ऋतिक रोशनको पनि नाम लिइन् । उनले यी ४ अभिनेता इन्डष्ट्रिकै आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताएकी छिन् ।

कट्रिनाले यी ४ अभिनेतासँग काम गर्दा आफूले धेरै कुरा सिकेको पनि बताइन् । साथै उनले यी अभिनेतासँग काम गर्दा सधैँ नै सहज हुने बताइन् । कट्रिना यी अभिनेतासँग जुनसुकै समयमा पनि कुरा गर्न सक्नेछिन् । उनले यी अभिनेतासँगको राम्रो मित्रता आफू सधैँ नै कायम राख्ने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्