छोरी न्यासालाई ट्रोल गर्नेलाई काजोलले दिइन् कडा जवाफ



२७ फागुन २०७६, काठमाडौँ

बलिउड अभिनेत्री काजोलले उनकी छोरीलाई न्यासामाथि ट्रोल गर्ने ट्रोलरहरुलाई कडा जवाफ दिएकी छिन् ।

केहीसमय अघि काजोलकी छोरी न्यासा हजुरबुबाको निधन भएको समयमा पार्लरबाट कपाल काटेर निस्किएको तस्बिर जताततै भाइरल भएपछि उनी नराम्रोसँग ट्रोल भएकी थिइन् ।

यसबारे काजोलले आफू निराश भएको बताएकी छिन् । उनले यस्तो सामान्य कुरालाई लिएर ट्रोल बनाउनु नै गलत भएको बताएकी छिन् । साथै उनले बाबुआमाले छोराछोरीको समस्या नबुझेर उनीहरुको साथ नदिदाँ पछि अप्ठ्यारो पर्न सक्ने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्