२७ फागुन २०७६, काठमाडौँ
रेश्मा घिमिरे अहिलेकी चर्चित मोडल हुन् । उनले खेलेका केही म्यूजिक भिडियोहरुले सर्वाधिक चर्चा पनि पाएका छन् ।
तर रेश्मालाई धेरै मानिसले टिकटक बाट चिन्न थालेका हुन् । टिकटक पछिल्लो समयको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालको माध्यम हो । टिकटक नचलाउने सायदै कोही छन् ।
रेश्माको टिकटक मा लोभलाग्दो फ्यान फलोइङ रहेको छ । रेश्माको टिकटक मा १० लाखभन्दा बढी फलोअर्स रहेका छन् । हरेक किसिमको भिडियो बनाउन सक्ने रेश्माको अभिनयको मात्र नभएर सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको छ ।