२८ फागुन २०७६, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा विगत लामो बर्षदेखि काम गरिरहेका केशव भट्टराईको केहीसमय अघि अकस्मात निधन भयो । उनको निधनले पुरा फिल्म क्षेत्र नै अहिलेसम्म स्तब्ध छ ।
केशव भट्टराई निकै पुराना कलाकार हुन् । उनले धेरै सुपरहिट चलचित्रमा काम गरिसकेका छन् । उनी कलाकारसँगै निर्माता र निर्देशक पनि हुन् । उनले पछिल्लो समयमा चलचित्र यात्रा निर्देशन गरेका थिए । यात्रा मा अहिलेका चल्तीका अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका रहेको थियो ।
उनी राम्रो कलाकार मात्र नभएर असल व्यक्ति पनि थिए । उनलाई मन नपराउने फिल्मकर्मी सायदै छैनन् होला । केशव भट्टराईले आफ्नो जीवनकालमा धेरै उदाहरणीय कामहरु गरेका छन् । उनी चलचित्र विकास बोर्डको अध्यक्ष समेत भएका थिए ।
चलचित्र विकास बोर्ड का अध्यक्ष बनेपछि धेरै राम्रा कामहरु पनि गरे । उनले नै बक्सअफिस प्रणाली भित्र्याएका थिए । त्यसका साथै हलमा चलचित्र रिलिज हुनुभन्दा अगाडी अनिवार्य रुपमा राष्ट्रिय गाना गाउनुपर्ने सिस्टम पनि उनले नै ल्याएका हुन् ।
तर विडम्बना उनले धेरै काम गर्न बाकिँ हुदाँ हुदैँ पनि बिचमै सबैलाई छोडेर गए । केशवको परिवारमा उनकी एक श्रीमती र १५ बर्षिया छोरा मात्र छन् । उनको निधनपछि अहिले विभिन्न चलचित्रकर्मीले उनको परिवारलाई आर्थिक सहयोग गरिरहेका छन् । केशवको निधनपछि अहिले चलचित्र विकास बोर्डको अध्यक्ष को बन्ने भनेर चुनाव चलिरहेको छ ।
केशवले त सबैलाई छोडेर गए तर उनले नेपाली चलचित्र क्षेत्रमा दिएको योगदान सधैँ नै स्मरणीय रहेनछ । नेपाली चलचित्र क्षेत्रको इतिहासमा उनको नाम सधैँ नै अमर रहिरहनेछ । केशवले धेरैलाई राम्रो काम गर्नलाई प्रेरणा दिएका छन् । केशवले जति समय नेपाली चलचित्र क्षेत्रमा काम गरे, आफ्नो मनदेखि गरे । उनले आफ्नो कामलाई नै सबथोक मानेर दिनरात आफ्नो समय चलचित्र क्षेत्रमा नै व्यतित गरेका थिए ।
जसका कारण पनि नेपाली सिने जगतले उनलाई बिर्सन दिदैँन । केशवले भरोसा, सुखदुख, पाहुना, ऐश्वर्या, पुकार, मानव, अनर्थ, हामी तिन भाई लगायतका थुप्रै सुपरहिट चलचित्रमा काम गरेका छन् । उनले एकसमयमा नायकको रुपमा काम गरेका थिए भने त्यसपछि प्राय चलचित्रमा उनी पिताको भूमिकामा देखिएका थिए ।