प्रधानमन्त्री ओलीमा संक्रमणको आशंका



२९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएका आशंका गरिएको छ ।

उपचारमा संलग्न चिकित्सक टोलीलाई क्लेबसेला ब्याक्टेरियाको संक्रमण भएको शंका लागेसंगै पिसाबको कल्चर गर्न पठाईएको छ । कल्चरको रिपोर्ट आउन कम्तिमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्रै डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरुले बताएका छन ।

आजको कान्तिपुर राष्ट्रिय दैनिकमा बिनु सुवेदी र स्वरुप आचार्यको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्